| काठमाडौँ, जेठ १३ गते। नेपाली जनताको त्याग, तपस्या र
बलिदानबाट प्राप्त संविधानसभाबाट नयाँ संविधान जारी गर्ने अन्तिम दिन जेठ
१४ गते। शनिबार राति अबेरसम्म नयाँ संविधान आउँछ वा आउँदैन भन्ने अन्योल
जारी रहेको भए पनि संविधान जारी हुने प्रशस्त सम्भावना जीवित नै छ। जनताका
६०१ जना प्रतिनिधिले लेख्ने यो नयाँ संविधान हो। यसअघि नेपालमा दुईवटा अन्तरिम संविधानसमेत गरी ६ वटा संविधान जारी भएका
छन्। यिनीहरूको निर्माणमा जनताको प्रत्यक्ष सहभागितालाई निकै टाढा राखियो। २०६३ माघ १ गते जारी 'नेपालको अन्तरिम संविधान, २०६३' बाहेक अन्य सबै संविधानमा राजा महाराजाको इच्छा हावी थियो। अघिल्ला पाँचवटा संविधानले मुलुकमा राजनीतिक स्थिरता सुनिश्चित गर्न नसकेका कारण ती फालिए। यसको मूल कारण भनेको ती संविधानमा जनताको स्वामित्व, अपनत्व र सर्वोच्चता स्थापित थिएन। अहिलेसम्म बनेका संविधान ः १. नेपाल सरकारको वैधानिक कानुन, २००४ ः यो पहिलो लिखित संविधान हो। राणा प्रधानमन्त्री पद्मशमशेरले जहाँनिया राणा शासनप्रति जनताको बढ्दो आक्रोशलाई शान्त पार्ने उद्देश्यले २००४ साल माघ ४ गते जारी गरे तर संविधान कार्यान्वयनमा आएन। २. नेपालको अन्तरिम शासन विधान, २००७ ः नेपालको यो दोस्रो लिखित संविधान हो। शासनविरुद्धको जनक्रान्तिको सफलतापछि संविधानसभाको निर्वाचन गर्ने सहमतिअनुरूप यो संविधान २००७ साल चैत २९ गते लागू भयो। यसको निर्माण मन्त्रिमण्डलले गरेको थियो। ३. नेपाल अधिराज्यको संविधान, २०१५ ः संविधानसभाको निर्वाचन गराउने २००७ सालको क्रान्तिको सहमति तोड्दै राजा महेन्द्रले २०१५ फागुन १ गते यो संविधान जारी गरेका हुन्। ४. नेपालको संविधान, २०१९ ः दुई तिहाई मत ल्याई जनताबाट निर्वाचित बीपी कोइरालाको सरकारलाई सत्ताच्युत गरी पञ्चायती व्यवस्थालाई संवैधानिक आधार प्रदान गर्न यो संविधान ल्याइएको हो। राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर दलका नेतालाई जेलमा सढाएर २०१९ पुस १ गते यो संविधान जारी गरेका हुन्। ५. नेपाल अधिराज्यको संविधान, २०४७ ः तीस वर्ष लामो पञ्चायती व्यवस्था जनआन्दोलनबाट ढालेपछि आन्दोलनकारी शक्ति र राजा वीरेन्द्रबीचको सहमतिमा यो संविधान ल्याइएको हो। बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र स्वीकार गरी अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित सरकारले २०४७ साल कात्तिक २३ गते यो संविधान जारी गरेको हो। ६. नेपालको अन्तरिम संविधान, २०६३ ः नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटकपटक गर्दै आएका ऐतिहासिक सङ्घर्ष र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधानसभाबाट नयाँ संविधान नबनेसम्मका लागि यो संविधान ल्याइएको हो। तत्कालीन संसद्वादी सात राजनीतिक दल र वि्रदोही नेकपा -माओवादी) बीचको सहमतिमा २०६३ माघ १ गते अन्तरिम व्यवस्थापिका संसद्बाट यो अन्तरिम संविधान आएको हो। यही संविधानअनुसार २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भएको हो। संविधानसभाले संविधान बनाउन लागेको समय नेपालको संविधानसभाले चार वर्षमा नयाँ संविधान बनाउने सम्भावना बढेको छ। हुन त संविधानसभाको निर्वाचन हुँदा दुई वर्षका लागि भनेर निर्वाचन भएको थियो। संविधानसभाले संविधान बनाउन खर्चिएको समयका सम्बन्धमा विभिन्न मुलुकको आआˆनै अनुभव रहेको छ। केही मुलुकको अनुभव |
Sunday, May 27, 2012
नेपालमा हालसम्म बनेका संविधान
Subscribe to:
Posts (Atom)