Sunday, September 5, 2010

Krishna Bahadur Mahara's Tape Scandle

भारत नेपालको हरेक कुरामा हस्तछेप गर्छ र गरिरहेको छ । सरकार मौन बस्छ र बसिरहन्छ । यहाँ प्रसँग आहिले को टेप प्रकरन मात्र होइन हरेक दिन हरेक कुरमा यस्तै यस्तै पाइन्छ यहाँ प्रस्न महराले पैसा मागे भन्ने कुरा भन्दा पनि नेपाल र नेपाली को आन्तरिक सुचना कसरी बिदेसी हरुले थाहा पाउछन र कुन आटले सजिलै सार्वजनिक गर्छन तेसमाथी पनि नेपाली पत्र पत्रीका को साथ लिएर नेपालमा केही मिडिया पनि चरमा अनुशासन हिन तरिकले पूर्ण रुपमा ब्यापार गर्नमा ब्यस्त छन भन्ने कुरा प्रमानित गर्न प्रसस्त आधार दिरहेका छन । सरकार बनाउने र गिराउने सबै कुरामा भारतले प्रत्क्ष्य हस्तक्ष्यीप भूमिका खेल्छ अनी हुँदा हुँदा नेपाली मिडिया लाई पनि जथाभाबी गाली गर्न पछी परेको छैन के हाम्रो सर्बभौमिकता र राष्ट्रिय आँखान्डता अनी स्वतन्त्र पत्रकारिता भनेको यही हो त ?

Wednesday, August 11, 2010

New Nepal a Dream... an intresting video

नेपाली राजनीति चीन-भारत प्रतिस्पर्धाको सिकार

नेपाली राजनीति चीन-भारत प्रतिस्पर्धाको सिकार


प्रधानमन्त्री चयनका लागि तेस्रो चरणको निष्फल अभ्यास भइरहँदा साउन १७ गते नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी -नेमकिपा)ले एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समर्थन गर्ने निर्णय गर्‍यो । चीन र पूर्व राजदरबारसँग निकट मानिने बिजुक्छेको यस निर्णयले राष्ट्रिय राजनीतिलाई नयाँ मोडमा उभ्याइदियो । आफ्ना १५ बुँदे मागमा माओवादी महासचिव रामबहादुर थापाले लिखित प्रतिबद्धता जनाएपछि नेमकिपा माओवादीलाई मतदान गर्ने टुंगोमा पुगेको थियो । नेमकिपाको मागपत्रमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बुँदासमेत थियो ।
त्यही दिन मधेसी मोर्चाका प्रमुख घटक मधेसी जनअधिकार फोरम नेपालका ११ र नेकपा मालेकी एक सभासद्ले 'फ्लोर क्रस' गरेरै माओवादी उम्मेदवार प्रचण्डलाई मत दिन पुगे । त्यसपछि नेपाली राजनीतिको तरंग नयाँदिल्लीसम्मै पुग्यो । केही दिनअघिसम्म माओवादीको चर्को आलोचना गररिहेको नेमकिपा एकाएक माओवादीको पक्षमा पुगेको खबरले नयाँदिल्लीलाई अनपेक्षित राजनीतिक चलखेलको आभास भयो । राजतन्त्र पक्षधर सभासद्हरूसँग माओवादी हिमचिम, पूर्वराजाका ज्वाइँको माओवादीनिकट सक्रियतालगायत कारणबाट भारत झस्िकयो र यसमा ऊ उत्तरी छिमेकी चीनप्रति आशंकित भएको जानकारहरूको भनाइ छ । फ्लोर क्रस गर्ने सभासद्हरूको पार्टी फोरमलाई पनि चीनसँग निकट मानिन्छ । यो त्यही पार्टी हो, जसको गत वर्ष सम्पन्न वीरगन्ज अधिवेशनमा एक उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलले महत्त्वका साथ उपस्िथति जनाएको थियो । अहिले नेपालको राजनीतिक घटनाक्रममा चिनियाँ प्रभाव बढेको बुझेपछि भारतले तत्काल विशेष दूतका रूपमा पूर्वराजदूत तथा विदेशसचिव श्याम शरणलाई काठमाडौँ पठाउने टुंगो गर्‍यो ।
जनआन्दोलन २०६२/६३ का लागि सशस्त्र संघर्षरत माओवादी र शान्तिपूर्ण आन्दोलनमा रहेका सात दललाई एक ठाउँमा ल्याउने आधारपत्र मानिएको १२ बुँदे समझदारीका सूत्रधारका रूपमा चर्चित भारतीय कूटनीतिज्ञ शरण नेपाल भ्रमण गरी फर्किसकेका छन् ।

Tuesday, May 18, 2010

ठगहरुको लर्को....

युनिटी लाईफ इन्टरनेसनलले पनि अन्तत अर्बौ रुपैया डुबाएर लाखौं नेपाली जनतालाई फेरी एक पटक थङ्नामा सुतायो । युनिटी लाईफ यसरी सोझा नेपाली लाई ठग्ने पहिलो कम्पनीभने होइन यो भन्दा अगाडि १० औ कम्पनीले यसरिनै नेपाली जनाताको आर्बौ रुपैया डुबाएर फरार भएका छन तिनिहरु यस प्रकार छन ।


गोल्ड क्वेष्टः रु.३७ हजार ५०० तिर्ने ग्राहकको घरैमा सुनको सिक्का र अमेरिकी डलर बर्साउने लोभ देखाउँदै २०५७ चैतमा नेपाल भित्रिएको गोल्ड क्वेष्ट इन्टरनेशनलले दुई वर्षभित्रै ३५ हजार सदस्य बनाएर रु.२ अर्बभन्दा बढी रकम विदेश लग्यो। सरकार रकम फिर्ता ल्याउने वा उपभोक्तालाई क्षतिपूर्ति दिलाउने कुरामा कानुनको अभाव देखाएर पन्छियो।

डियोसफ्टः रु.१३ हजार ५०० लिएर अनलाइन कम्प्युटर शिक्षा दिने भनिएको डियोसफ्ट रु.६६ करोड ठगेर भाग्यो। साँवा अक्षर नचिन्नेलाई समेत कम्प्युटरमा पढ्ने भन्दै पैसा उठाएको डियोसफ्टले रु.१३ करोड त राजस्व मात्रै छलेको थियो।

क्विक अर्निङ प्रोग्रामः रु.३०० तिरेर सदस्य बनेकाले अरू तीन जना थप्नासाथ पैसा फिर्ता पाउने र एवम् रितले पाँचौं तहमा पुगेपछि एकमुष्ट रु.६८ हजार दिने प्रलोभन देखाएको क्विक अर्निङ नेटवर्क कम्पनी पनि रु.२ करोड सङ्कलन भएपछि भाग्यो।

संरक्षण नेपालः रु.९ हजार तिरेर सदस्य बन्नेले अरू तीन जनालाई सञ्जालमा ल्याएपछि आफ्नो पैसा फिर्ता पाउने, त्यसपछि अरू सदस्य बढाउँदै, कमिसन पाउँदै जाने भनेर एक वर्षमै १५ हजार ग्राहक बनाएको संरक्षण नेपाल पनि रु.१० करोड उठेपछि गायब भयो।

प्राइम ब्याङ्क इन्टरनेशनलः रु.१० हजारमा सदस्यता दिने प्राइम ब्याङ्क इन्टरन्याशनलले सुनको सिक्का, डलरमा कमिसन र लण्डनस्थित ब्याङ्कको शेयर दिने लोभ देखाएको थियो। तर, दुबईमा मुख्य कार्यालय रहेको यो नेटवर्क कम्पनी लण्डनस्थित प्राइम ब्याङ्कले मुद्दा दायर गरेपछि नेपालबाट करिब रु.५० करोड नगदसहित गायब भयो।

वेब लाइनः रु.१० हजार ८०० मा सदस्यता लिएपछि अनलाइनमा क्लिक गर्दै आकर्षक कमिशन पाउने लोभ देखाएको वेब लाइन पनि रु.१० करोड सङ्कलन भएपछि भाग्यो। विराटनगरमा मुख्य कार्यालय भएको वेब लाइनले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएकै भरमा यत्रो कारोबार गरेको थियो।

प्राइम इन्टरनेशनलः रु.११ हजार तिरेपछि बीमा र राहत पाइन्छ भनेर सदस्य बनाउँदै हिँडेको प्राइम इन्टरनेशनलको मुख्य कार्यालय झ्ापामा थियो। हालको युनिटी लाइफको झ्ल्को दिने प्राइम इन्टरनेशनल करिब रु.१ अर्ब ठग्न सफल भयो।

प्रतीक्षा नेटवर्कः रु.१० हजारमा सदस्य बनाउने प्रतीक्षा नेटवर्कले जीवन बीमा, भारतीय सूट र इलेक्ट्रोनिक सामानको लोभ देखाएको थियो। ४० हजार सदस्य बनाएपछि यो पनि अरू जस्तै भाग्यो।

आखिर किन यसरी बारम्बार नेपाली जनता ठगिइराखेका छन त ??  किन सम्बन्धित निकाय बारम्बार मौन बस्छ ??  र किन सरकारले नेपालमा Networking Business को नाममा हुने ठगी लाई टुलु टुलु हेरिमात्र राक्छ ?? यिनै ठग हरुको पैसामा बिकेर नेता देखी कर्मचारीहरु ठगलाई धमाधम ब्यवसाय गर्ने अनुमती दीइराखेको छन । नत्र भए तुरुन्त नेपालमा नेट्वोर्क भन्ने कुरा पूर्ण प्रतिबन्धित गर्नु पर्छ ।

Tuesday, April 20, 2010

Jagatguru Bal Santa Ji Maharaj, First Jagatguru of Nepal

श्री श्री श्री १००८ वाल सन्त मोहनशरण देवचार्य महाराज जी लाई भारतीय बिसिस्ठ पन्डितहरुको भारतीय बिद्वत परिषदको तर्फबाट नेपालकै प्रथम जगतगुरुको उपाधीबाट यही मिति २०६७ साल बैशाख १ गते बिभुसित गरेकोमा गुरुप्रती हार्दिक बधाई टक्र्याउन चाहन्छु । नेपालीहरु मध्येकै प्रथम जगतगुरु को उपाधी पाउनु भनेको आम नेपाल र नेपालीको सम्मानको रुपमा मैले लिएको छु । जगतगुरुले नेपालको सुन्सरीमा अवस्थित पिन्डेस्वर धाममा एैतिहसिक कुम्भ मेला लगाउनको लागि आग्रणी भूमिका खेली विश्वाकै सम्पूर्ण शक्तीपिठहरुको सिर मानिने पवित्र देबस्थल नेपाल र शान्तिका आग्रणी मानिने नेपालीको पहिचानमा महत्वपूर्ण सहयोग पुर्‍याउनु भएकोमा समेत वहाँलाई उक्त सम्मान प्रदान गरिएको हो । जगतगुरुको उक्त प्रयास लाई हामी सबै राष्ट्रप्रेमी नेपालीहरुले सहयोग पुर्‍याउनु हामी सबै नेपालीहरुको कर्तव्य हो । जगतगुरु लाई यही मिति २०६६ साल बैशाख छ र सात गते काठमाडौंमा नागरिक आभिनन्दन गरिएको थियो ।

Bal Santa Ji Maharaj is nomited as a JAGATGURU as on first baishak 2067 by the Indian Pandit Forum. He is the first Jagatguru from the side of nepal.

Friday, March 26, 2010

About Blog

I'm not free to write, i'm not free to speak and i'm not free to share views because i'm bound by the duties & responsibilities. But, i'm free to think and i'm free to imagine. This Blog is the collection of my imagination and my thinking.

Thank you