प्रधानमन्त्री चयनका लागि तेस्रो चरणको निष्फल अभ्यास भइरहँदा साउन १७ गते नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी -नेमकिपा)ले एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समर्थन गर्ने निर्णय गर्यो । चीन र पूर्व राजदरबारसँग निकट मानिने बिजुक्छेको यस निर्णयले राष्ट्रिय राजनीतिलाई नयाँ मोडमा उभ्याइदियो । आफ्ना १५ बुँदे मागमा माओवादी महासचिव रामबहादुर थापाले लिखित प्रतिबद्धता जनाएपछि नेमकिपा माओवादीलाई मतदान गर्ने टुंगोमा पुगेको थियो । नेमकिपाको मागपत्रमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बुँदासमेत थियो ।
त्यही दिन मधेसी मोर्चाका प्रमुख घटक मधेसी जनअधिकार फोरम नेपालका ११ र नेकपा मालेकी एक सभासद्ले 'फ्लोर क्रस' गरेरै माओवादी उम्मेदवार प्रचण्डलाई मत दिन पुगे । त्यसपछि नेपाली राजनीतिको तरंग नयाँदिल्लीसम्मै पुग्यो । केही दिनअघिसम्म माओवादीको चर्को आलोचना गररिहेको नेमकिपा एकाएक माओवादीको पक्षमा पुगेको खबरले नयाँदिल्लीलाई अनपेक्षित राजनीतिक चलखेलको आभास भयो । राजतन्त्र पक्षधर सभासद्हरूसँग माओवादी हिमचिम, पूर्वराजाका ज्वाइँको माओवादीनिकट सक्रियतालगायत कारणबाट भारत झस्िकयो र यसमा ऊ उत्तरी छिमेकी चीनप्रति आशंकित भएको जानकारहरूको भनाइ छ । फ्लोर क्रस गर्ने सभासद्हरूको पार्टी फोरमलाई पनि चीनसँग निकट मानिन्छ । यो त्यही पार्टी हो, जसको गत वर्ष सम्पन्न वीरगन्ज अधिवेशनमा एक उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलले महत्त्वका साथ उपस्िथति जनाएको थियो । अहिले नेपालको राजनीतिक घटनाक्रममा चिनियाँ प्रभाव बढेको बुझेपछि भारतले तत्काल विशेष दूतका रूपमा पूर्वराजदूत तथा विदेशसचिव श्याम शरणलाई काठमाडौँ पठाउने टुंगो गर्यो ।

जनआन्दोलन २०६२/६३ का लागि सशस्त्र संघर्षरत माओवादी र शान्तिपूर्ण आन्दोलनमा रहेका सात दललाई एक ठाउँमा ल्याउने आधारपत्र मानिएको १२ बुँदे समझदारीका सूत्रधारका रूपमा चर्चित भारतीय कूटनीतिज्ञ शरण नेपाल भ्रमण गरी फर्किसकेका छन् ।
No comments:
Post a Comment