Own Materials

जनप्रभाव साप्ताहिकबाट: सेवामुखीमा नै सिमित दुरसंचार


































लोकतन्त्र स्वतन्त्रताको अर्को नाम हो
लोकतन्त्र स्वतन्त्रताको अर्को नाम हो, अथवा बोल्न, हिंड्न, गरिखान र समानताको प्रश्न उठाउन पाउनु । लोकतन्त्र अराजकता र बिखन्डनको स्वरुप होइन जुन आज नेपाल र नेपालीको नियती बनिरहेको छ । सिद्दान्त र धारणा जे भएपनी व्यबहार त्यो अनुरुप भएन भने दौरा मा टाइ लगाए जस्तै हुन्छ जसको प्रत्क्क्ष दर्सक आज हामी बन्न पुगेका छौ । नेपाल बहुजतिय, बहुसास्कृतिक, बहुधार्मिक अखन्ड मुलुक आज बिभिन्न रुममा बाडिदै छ र त्यसलाई हामी लोकतन्त्रको बिकासित रुप मान्दैछौ । लोकतन्त्र सबैलाई सबै थोक दिने जादुको भाडो होइन यो त भएको कुरा मिलेर उपभोग गर्ने तरिका मात्र हो । आज किन हामी लोकतन्त्रको आडमा लुटतन्त्र तिर गइरहेका छौ सबैले सोच्ने बेला भएको छ ।
ब्यक्तिगत रुपमा भन्ने हो भने म नेपालको आहिलेको लोकतान्त्रिक प्रकृया बाट अलिकती पनि सन्तुश्ट छैन कारण अहिलेको यो प्रकृयामा  लोकतन्त्रको नाम लिएर देश, समाज र राष्ट्रलाई लुट्ने सोच हाबी भएको देखिन्छ जुन विश्वाब्यापी लोक्तान्त्रिक सस्कार सँग कतै मिलेको पाइन्न । यसर्थ देश र जनताको सच्चा सेवा गर्ने र वास्तविक लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने हो भने र नेपाल सुहाउदो शासन ब्यवस्था लागु गर्नेहो भने स्वार्थ, लोभ र महत्वकाङ्क्ष त्यागेर सबै जाती, पेशा, धर्म र सबै बर्ग अट्ने लोक्तान्त्रिक संबिधान निर्माण गर्नु अनिबार्य सर्त हो । जसको लागि सबै नेपालीहरु एक ठाउँमा आएर राष्ट्रिय एकता र राष्ट्रिय स्वार्थको लागि आआफ्नो स्थानबाट पहल, दबाब गर्नु आवश्यक छ ।

हामीले केही बुझेका छैनौ तेइ भएर हामीलाई चिन्ता लगिरहेको छ
नेपाल नेपालीको हो सबै नेपालीको । नेपाली भित्र को पर्छ को पर्दैन त्यसको बहस आज जरुरी छ किनकी हामी आज नेपाली हौ या ब्राम्हण, नेवार, जनजाती, मधेसी, राउटे, आदिबासी, कुसुन्डा वा भुसुन्डा हौ हामीलाईनै था छैन । बिशेषगरी आज हामी कसैले पनि देशमा के हुँदै छ र किन हुँदै छ सोचेका छैनौ किनकी हामी अन्ध भक्त भएर जातिय नारामा रमाइरहेका छौ । आज आन्दोलन (बन्द) गर्ने होस् वा दु:ख पाउने कसैलेपनी यो बन्द र आन्दोलनको उधेस्य के हो र यसबाट क-कसलाई फाईदा पुग्छ सोचेका छैनन । आफ्नो माग राख्नु नराम्रो पटक्कै होइन तर हामीले के बुझ्नु जरुरी छ भने हामी हामी लाई लडाएर फाईदा लिने मात्र यस कार्यबाट सफल भएका छन, हुने छन ! के आजको हाम्रो माग जातिय राज्य वा अन्य संघीय राज्यले हाम्रो वास्तविक पहिचान, माग, समाबेसीता पुरा गर्छ कि बिभिन्न जातिय वा छेत्रीय समुहका नेतालाई मुख्य मन्त्री बन्ने वा राजनीति गरिरहने अवसर मात्र दिदैछ गम्भिर भएर सोच्ने बेला आएको छ । एक जना मित्रले भनेको कुरा मलाई ज्यादै घत लाग्यो "हामीले केही बुझेका छैनौ तेइ भएर हामीलाई चिन्ता लगिरहेको छ देशको, देशबासीको । जसले बुझेका छन उनिहरुलाई कुनै चिन्ता छैन किनकी समाधान गरिदिने प्रभु नजिकै छन जसको एक फुमन्त्ररले सहमती हुन्छ, सरकार बन्छ अनी राज्यका हरेक विबाद चुड्की भरमा समाधान हुन्छन ।"
आज हामी धेरै हिसाबमा चुकी रहेका छौ किनकी हामी कोही नेपाली छैनौ खाली राजनैतीक दलका कार्यकर्ता वा जातिय र क्षेत्रीय समुहका धुपौरे ! "गलत बाटो जतिसुकै छिटो दौडिये पनि गन्तब्यमा पुगिदैन" अनी आजको हाम्रो यो कर्तुत भाबी सन्तती र वास्तविक नेपालीको लागि धेरै दुर्भाग्य हुने निस्चित छ । त्यसैले कुनै जात, समुह, धर्म, बर्ग हुनु भन्दा अगाडि एकपल्ट नेपाली भएर सोचौ । जय मेरो देश नेपाल !!

No comments: