युनिटी लाईफ इन्टरनेसनलले पनि अन्तत अर्बौ रुपैया डुबाएर लाखौं नेपाली जनतालाई फेरी एक पटक थङ्नामा सुतायो । युनिटी लाईफ यसरी सोझा नेपाली लाई ठग्ने पहिलो कम्पनीभने होइन यो भन्दा अगाडि १० औ कम्पनीले यसरिनै नेपाली जनाताको आर्बौ रुपैया डुबाएर फरार भएका छन तिनिहरु यस प्रकार छन ।
गोल्ड क्वेष्टः रु.३७ हजार ५०० तिर्ने ग्राहकको घरैमा सुनको सिक्का र अमेरिकी डलर बर्साउने लोभ देखाउँदै २०५७ चैतमा नेपाल भित्रिएको गोल्ड क्वेष्ट इन्टरनेशनलले दुई वर्षभित्रै ३५ हजार सदस्य बनाएर रु.२ अर्बभन्दा बढी रकम विदेश लग्यो। सरकार रकम फिर्ता ल्याउने वा उपभोक्तालाई क्षतिपूर्ति दिलाउने कुरामा कानुनको अभाव देखाएर पन्छियो।
डियोसफ्टः रु.१३ हजार ५०० लिएर अनलाइन कम्प्युटर शिक्षा दिने भनिएको डियोसफ्ट रु.६६ करोड ठगेर भाग्यो। साँवा अक्षर नचिन्नेलाई समेत कम्प्युटरमा पढ्ने भन्दै पैसा उठाएको डियोसफ्टले रु.१३ करोड त राजस्व मात्रै छलेको थियो।
क्विक अर्निङ प्रोग्रामः रु.३०० तिरेर सदस्य बनेकाले अरू तीन जना थप्नासाथ पैसा फिर्ता पाउने र एवम् रितले पाँचौं तहमा पुगेपछि एकमुष्ट रु.६८ हजार दिने प्रलोभन देखाएको क्विक अर्निङ नेटवर्क कम्पनी पनि रु.२ करोड सङ्कलन भएपछि भाग्यो।
संरक्षण नेपालः रु.९ हजार तिरेर सदस्य बन्नेले अरू तीन जनालाई सञ्जालमा ल्याएपछि आफ्नो पैसा फिर्ता पाउने, त्यसपछि अरू सदस्य बढाउँदै, कमिसन पाउँदै जाने भनेर एक वर्षमै १५ हजार ग्राहक बनाएको संरक्षण नेपाल पनि रु.१० करोड उठेपछि गायब भयो।
प्राइम ब्याङ्क इन्टरनेशनलः रु.१० हजारमा सदस्यता दिने प्राइम ब्याङ्क इन्टरन्याशनलले सुनको सिक्का, डलरमा कमिसन र लण्डनस्थित ब्याङ्कको शेयर दिने लोभ देखाएको थियो। तर, दुबईमा मुख्य कार्यालय रहेको यो नेटवर्क कम्पनी लण्डनस्थित प्राइम ब्याङ्कले मुद्दा दायर गरेपछि नेपालबाट करिब रु.५० करोड नगदसहित गायब भयो।
वेब लाइनः रु.१० हजार ८०० मा सदस्यता लिएपछि अनलाइनमा क्लिक गर्दै आकर्षक कमिशन पाउने लोभ देखाएको वेब लाइन पनि रु.१० करोड सङ्कलन भएपछि भाग्यो। विराटनगरमा मुख्य कार्यालय भएको वेब लाइनले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएकै भरमा यत्रो कारोबार गरेको थियो।
प्राइम इन्टरनेशनलः रु.११ हजार तिरेपछि बीमा र राहत पाइन्छ भनेर सदस्य बनाउँदै हिँडेको प्राइम इन्टरनेशनलको मुख्य कार्यालय झ्ापामा थियो। हालको युनिटी लाइफको झ्ल्को दिने प्राइम इन्टरनेशनल करिब रु.१ अर्ब ठग्न सफल भयो।
प्रतीक्षा नेटवर्कः रु.१० हजारमा सदस्य बनाउने प्रतीक्षा नेटवर्कले जीवन बीमा, भारतीय सूट र इलेक्ट्रोनिक सामानको लोभ देखाएको थियो। ४० हजार सदस्य बनाएपछि यो पनि अरू जस्तै भाग्यो।
आखिर किन यसरी बारम्बार नेपाली जनता ठगिइराखेका छन त ?? किन सम्बन्धित निकाय बारम्बार मौन बस्छ ?? र किन सरकारले नेपालमा Networking Business को नाममा हुने ठगी लाई टुलु टुलु हेरिमात्र राक्छ ?? यिनै ठग हरुको पैसामा बिकेर नेता देखी कर्मचारीहरु ठगलाई धमाधम ब्यवसाय गर्ने अनुमती दीइराखेको छन । नत्र भए तुरुन्त नेपालमा नेट्वोर्क भन्ने कुरा पूर्ण प्रतिबन्धित गर्नु पर्छ ।
No comments:
Post a Comment